समाचार
संक्षिप्त परिचय
हाम्रो नारा
नेपालको पश्चिमान्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अंचल भित्र पर्ने कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिग्री ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ | २०३९ सालमा तौलिहवा गाउँ पंचायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउँ पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउँ पञ्चायतको केहि भूभाग समेटिएको थियो | साविकमा १४ वडा रहेको यस नगरपालिका नेपाल सरकारको मिति २०७१/०७/२१ को निर्णयानुसार साविकको गोटीहावा गा.पं. र तिलौराकोट गा.पं. को पुरै भाग समेटी १९ वडा कायम गरिएको थियो | स्थानीय तहको पुनर्संरचना संगै साविकको धरमपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गा.वि.स. समावेश भएका छन् | हाल कपिलवस्तु नगरपालिका १२ वार्ड कायम भई १३६.९१ वर्ग कि. मि. क्षेत्रफल अगोट्टेको छ | पूर्वमा मायादेवी गा.पा. र बाणगंगा गा.पा. पश्चिममा महाराजगंज र बुद्धभुमी न.पा. उत्तरमा बुद्धभुमी र बाणगंगा न.पा. दक्षिणमा यसोधरा र मायादेवी गा.पा. रहेको यस नगरपालिकाको ७६३९४ जनसंख्या रहेको छ | २०६८ को जनगणना अनुसार कूल जनघनत्व ५५८ रहेको छ |