FAQs Complain Problems

संक्षिप्त परिचय

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिग्री ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ | २०३९ सालमा तौलिहवा गाउँ पंचायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको  बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउँ  पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउँ  पञ्चायतको केहि भूभाग समेटिएको थियो | साविकमा १४ वडा रहेको यस नगरपालिका  नेपाल सरकारको मिति २०७१/०७/२१ को   निर्णयानुसार साविकको गोटीहावा गा.पं. र तिलौराकोट गा.पं. को पुरै भाग समेटी १९ वडा कायम गरिएको थियो | स्थानीय तहको पुनर्संरचना संगै साविकको धरमपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गा.वि.स. समावेश भएका छन् | हाल कपिलवस्तु  नगरपालिका १२ वार्ड  कायम भई १३६.९१ वर्ग कि. मि. क्षेत्रफल अगोट्टेको छ | पूर्वमा   मायादेवी गा.पा. र बाणगंगा गा.पा. पश्चिममा महाराजगंज र बुद्धभुमी न.पा. उत्तरमा बुद्धभुमी र बाणगंगा न.पा. दक्षिणमा यशोधरा र मायादेवी गा.पा. रहेको यस नगरपालिकाको घरधुरी सर्वेक्षण २०७६ अनुसार ७६३९४ जनसंख्या रहेको छ |